दफा १२
मेलमिलापकर्ताले पालना गर्नु पर्ने कुराहरु
मेलमिलापकर्ताले आÇनो काम कारबाहीको सिलसिलामा देहायका कुराहरु पालना गर्नु पर्नेछ:
(क) मेलमिलाप सम्बन्धी काम कारबाही निष्पक्ष रुपले गर्नु पर्ने,
(ख) कुनै पक्षप्रति झुकाव, आग्रह, पूर्वाग्रह वा सो देखिने कुनै व्यवहार गर्न नहुने,
(ग) कुनै पक्षलाई डर, त्रास, झुक्यान वा प्रलोभनमा पारी मेलमिलाप गराउन नहुने,
(घ) विवादका कुनै पक्षसँग विवाद कायम रहेको बखत आर्थिक लेनदेन भएको हुन नहुने,
(ङ) मेलमिलाप गराउने सम्बन्धमा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै काम गर्न नहुने,
(च) मेलमिलाप सम्बन्धी काम कारबाहीको सिलसिलामा पक्षसँगआर्थिक तथा अन्य स्वार्थजन्य कुनै काम कारबाही वा लेनदेन व्यवहार गर्न नहुने,
(छ) मेलमिलापको कार्य सम्पादन गर्दा पालना गर्नु पर्ने आचारसंहिता पालना गर्ने ।